काँक्रेविहार गोल्डकप फुटबल प्रतियोगिता : वीरेन्द्रनगर  र भेरीगंगा विजयी

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जारी काँक्रेविहार गोल्डकप फुटबल प्रतियोगितामा वीरेन्द्रनगर र भेरीगंगाले बिजयी शुरुवात गरेका छन् । आज भएको पहिलो खेलमा सिम्ता गाँउपालिकालाइ दुइ शन्यू गोल अन्तरले पराजित गर्दै वीरेन्द्रनगरले विजयी शुरूवात गरेकाे हाे ।

सुर्खेत रंगशालामा भएको पहिलो खेलमा घरेलु टोली वीरेन्द्रनगरले सहज जित निकालेको हो । खेलको १८ औं मिनेटमा वीरेन्द्रनगर टिमबाट कुमार शाहीले एक गोल गरे । यस्तै, खेलको ३८ औं मिनेटमा विनोद अधिकारीले गोल थप गरेका थिए ।

खेलको दोस्रो हाफमा निकै दवावमा रहेको सिम्ताले कुनै गोल गर्न सकेन् । आजै भएको दोस्रो खेलमा भेरीगंगा नगरपालिकाले पहिलो जित निकालेको छ। भेरीगंजाले बराहताल गाँउपालिकालाइ ४-१ गोल अन्तरले पाखा लगाउदै बिजयी शुरुवात गरेको हो ।

३४, ४७ र ५९ औं मिनेटमा भेरीगंगा टिमबाट विवेक सन्तोषीले तीन गोल र पहिलो हाफमा थप गरिएको समयमा भेरीगंगाका गणेश खत्रीले एक गोल गरेका थिए । जवाफमा बराहतलाले ५४ औं मिनेटमा एक गोल गरेको थियो । काँक्रेविहार युवा क्लब सुर्खेतले पहिलोपटक अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको विजेताले एकलाख हात पार्दा र उपविजेताले ५० हजार रूपैयाँ पुरस्कार पाउने छन । यस्तै हिजो भएको उद्धघाटन खेलमा पञ्पुरी नगरपालिकाले गुर्भाकोट नगरपालिकालाइ हराएको थियाे ।