कर्णालीका देउसीलाई केपी शर्मा ओलीले २५ हजार रूपैयाँ दक्षिणा दिए

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई निम्त्याएर देउसी खेल्ने कर्णालीका कार्यकर्ताको टिमलाई २५ हजार रूपैयाँ दक्षिणा दिएका छन् ।

कर्णाली-काठमाडौं सम्पर्क कमिटीले आयोजना गरेको देउसी र सांस्कृति कार्यक्रमले नेपाली संस्कृति बोकेको भन्दै ओलीले यसलाई जोगाउने दायित्व नेकपा एमालेको काँधमा रहेको बताए ।

ओलीले कर्णालीका देउसेलाई आफ्नो तर्फबाट २५ हजार रूपैयाँ पठाउने घोषणा समेत गरे । उनले कर्णालीबाट एमाले कमजोर पार्न खोजिए पनि सबैभन्दा सशक्त भएर उभिने दाबी गरे ।