दुई सातापछि मन्त्रिपरिषद् विस्तार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त

सुर्खेत । कर्णाली प्रदेशमा दुई सातापछि मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री शाहीको सिफारिसमा नेकपा (एकीकृत सामाजवादी) का चन्द्रबहादुर शाहीलाई प्रदेश प्रमुख तिलक परियारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका छन् ।

एकीकृत सामाजवदीको संसदीय दलका नेतासमेत रहेका शाही मुगु प्रदेशसभा (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

नवनियुक्त मन्त्री शाहीले मंगलबार (आज) पद तथा गोपनियताको शपथ लिएका छन् ।