गायिका पुजा र गायक शिवलाई सर्वोत्कृष्ट अवार्ड प्रदान

सुर्खेत । लाेकतथा दाेहाेरी गायिका पुजा वयक क्षेत्री र गायक शिव संगितलाई सर्वोत्कृष्ट लोक दोहोरी गायिकाको अवार्ड प्रदान गरिएको छ ।

काठमाडौमा आयाेजित नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ मा पुजा र शिवलाई लोक दोहोरी तर्फको सर्वोत्कृष्ट अवार्ड दिइएको हो ।

पुजाले ‘के मा चित्त दुख्याे’ मायालै गीतले अवार्ड पाएकि छन्  भने शिवले ‘वनमा चरी’ गीतले अवार्ड पाएका हुन् । पुजाका गीत अहिलेसम्म मेराे माया जुगजाने खालकाे, तिम्रो माया, के छुट्याे माया, मेला छ काेटैमा, भरुरु गाैथली, तरुनीकाे घुइँचो र ट्वा ट्वा जस्ता गीत बजारमा रहेका छन् ।

म्यूजिक खबरको प्रस्तुति एवं शुभकामना मिडिया सोलुशनको आयोजनामा भएको नवौं म्यूजिक खबर म्यूजिक अवार्डमा वरिष्ठ गीतकार राजेन्द्र थापालाई म्यूजिक खबर दीर्घ साधना सम्मान अर्पण गरिएको छ ।

संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको प्रमुख आतिथ्यतामा राजधानीको लैनचौरस्थित लैनचौर बैंकटको हलमा भएको उक्त कार्यक्रममा राष्ट्रिय सभा सदस्य वरिष्ठ गायिका कोमल वली, विराटनगर महानरपालिकाका मेयर भीम पराजुली, चलचित्र लेखक, निर्देशक गीतकार नीर शाह, अभिनेत्री लक्ष्मी गिरी, गीतकार चूडामणी देवकोटा, चलचित्र लेखन निर्देशक मोहन निरौला, गायक, संगीतकार तथा निर्देशक नारायण रायमाझी, अभिनेता शिवहरि पौडेल, गायक दुर्गा रायमाझी, संगीतकर्मी आरसी कोइराला, निर्देशक अभिनेता तथा सञ्चारकर्मी दिनेश डिसी, निर्देशक बाबुराजा केसी, पर्यटन व्यवसायी तथा समाजसेवी नवराज अम्गाई, गायक विष्णु खत्री, गायक इन्द्र जिसी, गायक रेशम सापकोटा, गायिका बीमा कुमारी दूरा, गायिका शीला आले, गायिका संगीता राना प्रधान, लगायत गीतसंगीत, चलचित्र उद्योगका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।