काठमाडौं । राष्ट्रपति कार्यालयले बहुमतको सरकारका लागि तोकिएको समयमा कसैले दावी पेश नगरेको बताएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गरी बहुमतको सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको बिहीबार राति ९ बजेसम्म कसैको पनि दावी नपरेको बताएका छन् ।
वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकी पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेकी थिइन ।
ए.के. सञ्चार । ३० बैशाख २०७८, बिहीबार २२:२०