काठमाडौं । पोखराबाट उडेको तारा एयरको जहाज बेपत्ता भएपछि खोजी सुरु भएको छ । मुस्ताङको जोमसोमबाट फिस्टेल एयरको हेलिकोप्टर खोजीका लागि निस्किए पनि बादल लागेका कारण त्यसै फर्किएको बताइएको छ ।
यस्तै पोखराबाट पनि नेपाली सेनाको जहाजमा रेस्क्यु टोली त्यसतर्फ गएको छ । ‘मौसम खराव छ । दुर्घटना कहाँ भयो भन्ने थाहा छैन,’ मुस्ताङका पत्रकार सुन्दर थकालीले भने, ‘मानापाथी र धवलागिरी हिमालकै वरपर यो दुर्घटना हुन सक्छ भनिएको छ । तर कहाँनिर भन्ने छैन ।’उनका अनुसार मुस्ताङको मौसम निकै खराब अवस्थामा छ । सो जहाजमा चालक दलका तीन सदस्यसहित २२ यात्रु सवार थिए ।
ए.के. सञ्चार । १५ जेष्ठ २०७९, आईतवार १२:१३