कालिकोटको शुभकालिका गाउँपालिकाले हटायो करार कर्मचारी

सुर्खेत । कालिकोटको शुभकालिका गाउँपालिकाले करारका कर्मचारी हटाएको छ । ११ असारमा बसेको गाउँ सभाको दोस्रो बैठकले यस्तो निर्णय गरेको हो । गाउँपालिकाको खुद समानीकरण अनुदानबाट तलब भत्ता भुक्तानी भई २०७४ देखि करारमा कार्यरत कर्मचारीहरूको १ साउनबाट करार सम्झौता नवीकरण नहुने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाहीले बताए ।

  

गाउँपालिकाले करारमा कार्यरत अहेब, अनमी, ल्याब कर्मचारी, कार्यालय सहयोगी, स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट, अहेब, अनमी, नर्स, कार्यालय सहयोगी, वडा कार्यालयका कार्यालय सहयोगी, गाउँपालिकाको कार्यालयमा करारमा कार्यरत सबै कर्मचारीको करार सम्झौता नविकरण नगर्ने भएको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहीका अनुसार गाउँपालिकाको अनुदानबाट तलब खाने सबै तहका करारका शिक्षक र बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र कृषि तथा पशु शाखाका पालिका अनुदानका प्रास, नाप्रास र कार्यालय सहयोगीहरुको समेत करा सम्झौता नगर्ने निर्णय भएको छ ।