प्रधानमन्त्री देउवालाई अमेरिकाका राजदूत र्यान्डी बेरीले दिए बधाई 

काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले बधाई दिएका छन् ।

राजदूत बेरीले मङ्गलवार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले मङ्गलवार प्रधानमन्त्रीको शपथ लिएका हुन् ।