प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आजै बस्ने दोस्रो बैठकमा पेस हुने भएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो बैठकका लागि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले पाँच दिनपछि नै संसदमा विश्वासको मत लिन लागेका हुन् ।