ओरालो लागेको सुनको मूल्य सोमबार पुनः बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार हिजो ओरालो लागेको सुनको मूल्य सोमबार पुनः बढेको छ। स्थानीय बजारमा आइतवार हिजो ६ सय रुपैयाँले घटेको सुनको मूल्य सोमवार आज २ सय रुपैयाँले बढेको हो।

सोमवार छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यस्तै, सोमवार चाँदीको मूल्य भने घटेको छ। आइतवार प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमवार १२ सय ९० रुपैयाँमा खरीदविक्री भइरहेको महासंघले जनाएको छ। आइतवारको तुलनामा सोमवार चाँदीको मूल्य रू ५ ले घटेको हो।