भारत र इङ्ग्ल्याण्डबीचको टेस्ट श्रृङ्खला आजदेखि सुरु हुँदै

काठमाण्डौ । भारत र इङ्ग्ल्याण्डबीचको टेस्ट श्रृङ्खला आजदेखि सुरु हुँदैछ । पहिलो खेल नटिंघममा दिउँसो पौने ४ बजे सुरु हुँदैछ ।

पाँच टेस्टको श्रृङ्खला खेल्न भारत इङ्ग्ल्याण्ड भ्रमणमा छ । यसअघि इङ्ग्ल्यान्ड भारतमा आएको थियो । त्यसबेला ३–१ ले पराजित भएको थियो । यसपटक इङ्ग्ल्याण्डले घरेलु मैदानको फाइदा उठाउन सक्छ तर उत्कृष्ट खेलाडी बेन स्टोक्सले यो टेस्ट श्रृङ्खला नखेल्ने भएकाले केही दवाबमा छ ।