महिला विरोधी बलिउडका डायलग, मुम्बई प्रहरीले यसरी दियो चेतावनी

काठमाडौं । मुम्बई प्रहरी सोसल मिडियामा आफ्नो ठट्यौली पारा र उत्कृष्ट सृजनशीलताका लागि परिचित छ । मुम्बई प्रहरीको सोसल मिडिया अकाउन्टमा बलिउड फिल्म र अभिनेताको मीम सेयर गर्नेदेखि संवेदनशील विषयमा सन्देश दिनेसम्म माहिर छ ।

यस्तोमा अब मुम्बई प्रहरीको आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट बलिउडका थुप्रै फिल्मका दृश्य सेयर गरिएका छन् । यी दृश्यसँगै मुम्बई प्रहरीले एउटा अत्यावश्यक सन्देश पनि दिएको छ ।

मुम्बई प्रहरीले फिल्ममार्फत् दिए उत्कृष्ट मेसेजः

मुम्बई प्रहरीले इन्स्टाग्राम अकाउन्टमा फिल्म कबिर सिंहदेखि हम तुम्हारे है सन र मालामालसम्मका थुप्रै डायलग सेयर गरेको छ । यी सबै फिल्मका सेयर गरिएका दृश्य र डायलग महिला विरोधी हुन् । यसका साथै मुम्बई प्रहरीले ‘महिला विरोधी वा महिला विरोधी कुरालाई साधारण तरिकाले हेर्न बन्द गर्नुहोस् नभए तपाईंले कानूनको समेत सामना गर्नुपर्ने हुनसक्छ’ भन्दै चेतावनी दिएको छ ।

मुम्बई प्रहरीले इन्स्टाग्राममा फिल्मको दृश्यको फोटो सेयर गरेको छ । यी फिल्मका महिला विरोधी डायलग लेखिएका छन् । शाहिद कपुर र कियारा आडवाणीको ‘कबिर सिंह’ एक्लो फिल्म हो जसको दुईपटक कुरा गरिएको छ । पहिलो दृश्यमा कबिर सिंह आफ्नी प्रेमिका प्रीतिसँग भन्छन्, ‘प्रीति सल मिलाउ ।’ यस्तै अर्कोमा कबिर सिंहले भन्छन्, ‘ऊ मेरी हो ।’