एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज आइतबार दुई खेल हुँदै छन् ।

आजको पहिलो खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा विराटनगर वारियर्स र काठमाडौं किंग्स-११ बीच बिहान साढे ९ बजेदेखि हुँदै छ  ।

दोस्रो खेल दिउँसो साढे १ बजे चितवन टाइगर्स र ललितपुर प्याट्रिओट्सबीच हुनेछ ।

खराब मौसमका कारण यसअघि ईपीएलका केही खेलहरु प्रभावित हुँदै आएका छन् ।