सन्दीप आईसीसीको प्लेयर अफ द मन्थको मनोनयनमा

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका अन्तर्राष्ट्रिय स्टार लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले सार्वजानिक गर्ने प्लेयर अफ द मन्थ अन्तर्गत सेप्टेम्बरका लागि मनोयनमा परेका छन्।

आइसिसीले बुधबार सार्वजनिक गरेको प्लेयर अफ द मन्थको मनोनयनमा सन्दीपसँगै बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिकाका ब्याट्सम्यान जसकरण मल्होत्रा परेका छन्।

नेपाली लेग स्पिनर सन्दीपले अघिल्लो महिना ओमान भ्रमणमा उत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा १८ विकेट लिएका थिए। ओमानमा भएको आइसिसी विश्वकप लिग-२ त्यसअघि पपुवा न्युगिनीसँग ओडिआई खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

यो अवार्डको विजेता आइसीसीको प्यानल र खुला मतदानको मत अनुसार घोषणा हुने छ। आइसीसीको प्यानलमा पूर्व खेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहने छन्। आइसीसी प्यानलको मतभार ९० प्रतिशत र खुला मतदानको १० प्रतिशत भार हुने छ। दुवै जोडेर सर्वाधिक मत प्राप्त गर्ने खेलाडीले अवार्ड जित्नेछ। यस अवार्डको विजेता अर्को सोमबार घोषणा हुनेछ।