नाकमा मकैको दाना अड्केकी बालिकाको मृत्यु, प्रदेश अस्पताल तनावग्रस्त ( भिडियो सहित )

सुर्खेत । नाकमा मकैको दाना अड्केकी बालिकाको मृत्यु भएपछि आफन्तहरुले कर्णाली प्रदेश अस्पतालमा आन्दोलन गरिरहेका छन् । नारायण नगरपालिका–४ सोतकी साढे दुई वर्षीय बालिका कुसुम कटुवालको मृत्यु भएपछि आफन्तहरुले आन्दोलन गरेका हुन् ।

चार दिन अघि नाकमा मकैको दाना अड्केकी बालिकाको दैलेख अस्पतालहुँदै सुर्खेत ल्याइएको थियो । उनको उपचारकै क्रममा गएराती मृत्यु भएपछि आफन्तहरुले डाक्टरहरुको लापरवाहीले घटना भएको भन्दै अस्पताल परिसरमा आन्दोलन गरेका छन् । मृतकका आफन्त आक्रोशित बनेको छन् । अस्पताल परिसरमा रहेका समानहरु तोडफोड गरेका छन् ।

दैलेखका डाक्टरहरुले दैलेखमै अप्रेशन गर्नुभन्दा सुर्खेत लैजान सुझाएपछि सुर्खेत प्रदेश अस्पताल ल्याएर आएका बालिकाकी आमा पूजा कटुवालले बताइन् ।

स्वास्थ्यमा अन्य कुनै समस्या नभएकी छोरीलाई डाक्टरहरुकै लापरवाहीले मृत्यु भएको कटुवालको भनाइ छ।’ लापरवाही गर्ने डाक्टरलाई कारवाहीको माग राख्दै अस्पतालमा आन्दोलन गरिरहेको आफन्तले बताएका छन् ।

यता, प्रदेश अस्पतालका निर्देशक प्रा डा डम्बर खड्काले डाक्टरको लापरवाहीले बालिकाको मृत्यु नभएको बताए । ‘हामी कुनै पनि विरामीलाई बचाउने हरसम्भव प्रयासरत हुन्छौं, बालिकाको हकमा पनि बेहोस बनाएर मकैको दाना निकाल्न अप्रेशन गरिरहेका थियौं,’ खड्काले भने, ‘अप्रेशनका क्रममा एक्काशी बालिकामा श्वासप्रश्वासमा समस्या देखियो र विस्तारै अक्सिजन लेभल घट्दै गएपछि उनलाई बचाउन सकेनौं ।’

घटनाप्रति अस्पताल परिवार दुखी भएको बताउँदै खड्काले अस्पतालको भौतिक सम्पत्तिमा क्षती पु¥याउनु राम्रो पक्ष नभएको बताए ।

https://www.youtube.com/watch?v=OdSKM7ndBy0