उपमेयर कप फुटबल प्रतियोगिताका लागि महिला फुटबल खेलाडीहरुको विदाई

सुर्खेत । उपमेयर कप फुटबल प्रतियोगितामा सहभागी हुन्  महिला फुटवल खेलाडीको टोली सुर्खेतबाट आज काठमाण्डौं प्रस्थान गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका र जिल्ला फुटवल संघ सुर्खेतले प्रतियोगितामा सहभागी खेलाडीहरुको आज विदाई गरिएको हो ।

खेलाडीहरुलाई वीरेन्द्रनगर नगरपालिका उमप्रमुख मोहनमाया ढकालसहितको टोलीले जितको शुभकामना दिएको छ । उपमेयर ढकालले खेलाडीहरूलाइ पूर्ण हाैसलाका साथ क्षमता प्रदर्शन गर्न शुभकामना दिइन् ।

‘कर्णालीबाट प्रतिनिधित्व गर्ने खेलाडीहरू पनि सक्षम छन् भन्रे सन्देश फैलाउन सफल रहनुहाेला,’ उपमेयर ढकालले भनिन् । कार्तिक १२ गते काठमाडौंको राष्ट्रिय फुटबल  संघको मैदानमा हुने प्रतियोगितामा सुर्खेतबाट सहभागी खेलागीहरुले प्रतिस्पर्धा गर्नेछन् । २३ जना महिला खेलाडीहरुको नेतृत्व सम्झाना शर्माले गरेकी छन् ।

खेलाडीसँगै प्रशिक्षक नविन भण्डारी, टिम व्यवस्थापकमा जिल्ला फुटबल संघ सुर्खेतका महिला सदस्य जानुका तारुङ मगर पनि सहभागी छन् । दोस्रो चरणको प्रतियोगितामा विजयी भएमा राष्ट्रिय महिला लिगका लागि छनौट हुनेछन् । लिगमा सात प्रदेश, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रसहित १० विभाग रहनेछन् ।