‘काँक्रेविहार गोल्डकप’ चिङ्गाड गाउँपालिकाले चौकुनेलाई ३–१ गोलले हरायो

सुर्खेत ।  ‘काँक्रेविहार गोल्डकप’ फुटबल प्रतियोगिता आज तेस्रो दिनको खेलमा चिङ्गाड गाउँपालिकाले ३–१ गोलले चौकुनेलाई हरायो छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जारी ‘काँक्रेविहार गोल्डकप’ फुटबल प्रतियोगिता आज तेस्रो दिनको खेलमा चिङ्गाडले चौकुने गाउँपालिकालाई उक्त गोलले हराएको हो ।

खेलको दोस्रो हाफमा चिङ्गाड गाँपालिकाको २ गोल गरेको हो । चिङ्गाड गाँपालिकाका खेलाडी विक्रम वलिले सेकेन्ड हाफको २९ औं मिनेटमा गोल गरेका हुन् । भने उक्त टिमकै हेमन्त गुरुङले पनि ३२ मिनेटका दोस्रो गोल गरेका हुन् ।

 

चाैकुने गाँउपालिकाका खेलाडी

दोस्रो हाफ खेलको पाँच मिनेटमा चिङ्गाड गाँपालिकाका टिमका महेन्द्र बटलाले मा एक गोल गरे सँगै चौकुनेलाई ३–१ गोलले हाराएको हो । भने दोस्रो हाफको सात मिनेटमा चौकुने गाउँपालिका शुसिल बिष्टले एक गोल गरेर खाता खोलेका थिए ।

अहिले सेमिफाइनल खेलका लागि भेरीगंगा नगरपालिका र पन्चपुरी नगरपालिका बीच खेल भईरहेको छ । यतीबेला सम्म सुरू भएको कुनै पनि टिमले गोल गर्न सकेको छैन् ।