काठमाण्डाै । सुनको भाउ आज १३ सय रुपैयाँले बढेको छ ।
हिजो तोलामा ९२ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९४ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ पनि बढेको छ । तीन दिनसम्म स्थिर रहेको चाँदीको भाउ आज भने बढेको हो ।

आज चाँदीकाे भाउ तोलामा २० रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा पुगेको छ ।

प्रकाशित मिति : २०७८ कात्तिक २५ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्