को हुन् नेपाली कांग्रेस सुर्खेतकै कान्छा सभापति भिम भण्डारी ?

२०४५ साल असार १८ गते साविक तरंगा गाविस वडा नम्बर ४ मा जन्मिएका भिम बहादुर भण्डारी भर्खरै नोपली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बराहताल गाउँपालिकाको पार्टी सभापतिमा निर्वाचित भएका छन् । बुवा गोकर्ण भण्डारी र आमा तप्तकला भण्डारीका जेठा सन्तान भण्डारी सानै उमेरदेखि समाजसेवामा रुचि राख्थे ।
उनी संस्थापन पक्ष शेर बहादुर देउवा अर्थात कांग्रेस महामन्त्री पुर्ण बहादुर खड्का समुहबाट १०४ मत ल्याई विजयी भएका हुन् ।

पहिला पार्टीको साधारण सदस्यबाट राजनीतिमा आएका उनी क्रियाशिल सदस्य हुँदै १२ औं मा क्षेत्रिय प्रतिनिधि समेत भएका थिए ।

२०७२ भन्दा अगाडी नेपाली कांग्रेस साविक तरंगा गाउँविकास समतिको पार्टी सभापति हाँकेका उनले संघीय संरचना पश्चात पनि वडा सभापति भएर काम गरेका थिए । उनको राजनीति इमान्दारिता, पार्टीमा सक्रियता देखेर १४ औ महाधिवेशनमा खड्को समुहले भण्डारीलाई बराहतालको सभापतिमा अघि सारेको थियो ।

सानै उमेरमा बुवाआमा गुमाएर टुहुरो भएका भण्डारीले यहाँसम्म आइपुग्न धेरै संघर्ष गर्नुप¥यो । विद्यालय पढ्दादेखि होस् या घरायसी कामकाज गर्दा अभावै अभाव झेल्दै आएक उनले कक्षा १२ सम्मको पढाई पुरा गर्न सके । भण्डारी शैक्षिक, सामाजिक र सांस्कृतिक अभियन्ताका रुपमा पनि परिचित छन् । चाहे शिक्षाका क्षेत्रमा होस् या त समाज सेवा लोक गित जस्ता क्षेत्रमा समेत चासो राख्ने उनलाई युवादेखि जेष्ठ नागरिकसम्मकाले उत्तिकै मायाँ गर्छन् ।

बराहताल गाउँपालिकामा नेपाली कांग्रेसलाई गुटरहित बनाई आगामी निर्वाचनमा १० वटै वडामा नेपाली कांग्रेसको नेतृत्व ल्याउने गरी आफुले काम गर्ने सभापति भण्डारीले बताए ।

बराहताललाई पार्टीको बलियो खम्बाकारुपमा विकास गरी कर्णाली प्रदेशकै नमुना कांग्रेसकारुपमा स्थापित गर्न आफु अहोरात्र खटिने उनको भनाई छ ।

यस्तै भिमका एक मात्र भाई गणेश भण्डारी पनि बराहताल गाउँपालिका वडा नम्बर ४ को पर्टाी सभापतिमा निर्वार्चित भएका छन् । गणेशले नेपालगञ्ज र सुर्खेतमा नीजि कलेजहरु समेत चलाएका छन् ।