कांग्रेसकाे प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेन अन्तर्गत सोमबार (आज) प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदैछ ।

वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएका सबैजसो जिल्लामा आज प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने कांग्रेसले जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार आज देशभरका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा नयाँ कार्यसमिति चयनका लागि अधिवशेन हुँदैछ । एक मात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा पनि सोमबार (आज) नै जिल्ला अधिवेशन हुने कांग्रेसले जनाएको छ ।