२०८२ जेठ ३ , शनिबार

सुनकाे भाउ ताेलामा दुई सय रुपैयाले बढ्याे



काठमाण्डाै । सुनकाे भाउ दुई सय रुपैयाले बढेको छ । हिजो तोलामा ८ सय रुपैयाँले घटेको सुनको भाउ आज भने फेरि बढेको छ ।

आज तोलामा सुनको भाउ दुई सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा १० रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : २०७८ मंसिर ६ गते सोमबार