एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सुर्खेत आउदै

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवंम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल सुर्खेत आउने भएका छन् । पार्टीको प्रदेश कमिटि बैठक र प्रदेश भेलालाई सम्बोधन गर्न नेपाल आज सुर्खेत आउन लागेका हुन् ।

एकिकृत समाजवादी कर्णाली प्रदेश कमिटिको बैठक आज बस्दै छ । भोली (शनिबार) प्रदेशस्तरीय बृहत भेला आयोजना गरिएको प्रदेश कमिटि अध्यक्ष अम्बर बहादुर थापाले जानकारी दिए ।