महिला भलिबल टोलीले जित्यो एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि

काठमाडौँ । नेपाली महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ । फाइनलमा उज्वेकिस्तानलाई ३–२ सेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

चार सेटमा दुवै टिमले दुई दुई सेट जितेपछि पाँचौ तथा अन्तिम सेटमा १५–११ ले नेपाली महिला भलिबल टोलीले जित हात पारेको हो ।