सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने घटेको छ । हिजो तोलाको एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँ घटेर १ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।