टी-२० विश्वकप समूह ‘ए को छनोट प्रतियोगिता ओमानमा हुँदै

काठमाण्डौ । आइसिसी पुरूष टी-२० विश्वकपअन्तर्गत समूह ‘ए’ को छनोट प्रतियोगिता आगामी फागुन ६ गतेदेखि ओमानमा हुँदैछ ।

समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम रहेका छन् ।

समूह ‘ए’ लाई पनि समूह १ र समूह २ मा विभाजन गरिएको छ । समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन् । समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छ्न् ।

समूह १ र २ का शीर्ष २-२ टिम सेमिफाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टिमले यहि वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन् ।

नेपालले विश्वकपमा स्थान पक्का गर्न सुरुमा समूह १ को शीर्ष दुईभित्र पर्नु पर्नेछ, त्यसपछि सेमिफाइनलको खेल जिते नेपाल यही वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछ।