मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

देउवाले सोमबार दिउँसो तीन बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा हुने सञ्‍चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए । तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए ।