जनयुद्ध सफल भए जस्तै तेक्वान्दो खेलले सफलता पाउने छ: सदस्य सचिव संज्याल

सुर्खेत । कर्णाली खेलकुद विकास परिषदका सदस्य सचिव बिश्वामित्र संज्यालले नेपालमा जनयुद्धले जसरी परिबर्तन ल्याएको छ; कर्णालीको खेलजगतमा नेपाल तेक्वान्दो संघले पनि त्यस्तै परिबर्तन ल्याउन सक्ने बताएका छन् ।

नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघ अन्तरगत कर्णाली प्रदेश नेपाल आई.टि.एफ. तेक्वान्दो संघले आयोजना गरेको ३ दिन सम्म चल्ने प्रथम कर्णाली प्रदेश नेक्निकल सेमिनारको आइतवार उद्घाटन गर्दै सदस्य सचिव संज्यालले यस्तो बताएका हुन् ।

‘नेपालको परिबर्तन आन्दोलनमा जनयुद्धले खेलेको भूमिका जस्तो छ खेलजगतमा पनि तेक्वान्दो महासंघको भूमिका त्यस्तै परिबर्तनकारी हुने छ,’ ‘सदस्य सचिव संज्यालले भने, ‘फागुन १ गते जनयुद्ध शुरु भएको दिन हो आजकै दिन संयोगले कर्णाली प्रदेशमा पहिलो पटक नेपाल तेक्वान्दो संघले ठुलो सेमिनारको आयोजना गरेको छ; तपाई सम्पुण खेलाडीहरुलाई जनयुद्ध दिवशको शुभकामना साथै खेल जगतमा परिबर्तनको आशा छ,।’

नेपाल तेक्वान्दो संघका खेलाडीहरु कुनै बेला खोज्नु पर्ने अबस्था भए पनि अब आउने दिनहरुमा कर्णाली खेलकुद विकास परिषदले त्यस्तो अबस्था आउन नदिने समेत उनले बताए । कर्णालीमा नितिगत रुपमा नै राम्रो खेल खेल्ने खेलाडीहरुलाई सरकारको तर्फबाट पुरुस्कारको व्यावस्था गर्न लागिएको भन्दै सस्दय सचिव संज्यालले अनुशासित भएर खेलमा लाग्न खेलाडीहरुलाई आग्रह गरे ।