कालीकोटमा फोर्स गाडी दुर्घटना, चालक घाईते

कालीकोट । कालीकोटमा फोर्स गाडी दुर्घटना भएको छ । खाडाचक्र नगरपालिका वडा नं. ४ गल्लीमा फोर्स गाडी दुर्घटना भएको हो । जुम्लाबाट काठमाडौं जादै गरेको बा ३ ख ४५८७ नम्बरको फोर्स गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरिक्षक भुपेन्द्र शाहीले जानकारी दिए ।

दुर्घटना हुदा गाडी चालक अजुर्न कार्की घाईते भएका छन् । कार्कीको बाँया कुईनोमा चोट लागेको शाहीले बताए ।

गाडी सडकबाट ५ सय मिटर तल खसेको शाहीले बताए । ‘उनले भने गाडीमा यात्रु नभएको हुनाले मानवीय क्षति भएको छैन; । दुर्घटनाको कारण भने खुल्न नसकेको शाहीको भनाई छ ।