आज नेपाली राष्ट्रिय क्रिकेट टिम जिम्बावे ए सँग प्रतिस्पर्धा गर्दै

काठमाडौं ।आज नेपाली राष्ट्रिय क्रिकेट टिमले पाहुना टोली जिम्बावे ए विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।नेपालले पहिलो टी–ट्वान्टी अन्तर्गत आज जिम्बावे ए विरुद्ध खेल्न लागेको हो । टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ए बीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ए सँग सिरिज खेल्न लागेको हो ।नेपालले घरेलु मैदानमा जिम्बावे ए सँग तीन खेलको एकदिवसीय सिरिजपछि तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ ।सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार खेल्नेछ ।टी–ट्वान्टीपछि नेपालले एकदिवसीय सिरिज खेल्नेछ ।