आज प्रधानमन्त्री देउवा चुनावी सभालाई सम्बोधन गर्न विराटनगर जाँदै

काठमाडौं ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न आज मोरङको विराटनगर जाँदैछन्।विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन् । चुनावी सभालाई प्रधानमन्त्री देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

कांग्रेसले साताव्यापी चुनावी आमसभा आजबाट सुरु गर्न लागेको हो । कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ ।चुनावी सभालाई सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, प्रवक्ता प्रकाशशरण महत लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

वैशाख २२ गते चितवनको भरतपुरमा, २३ गते काठमाडौंमा,२४ गते रुपन्देहीको बुटवल,तनहुँको दमौली र धनुषाको जनकपुरमा, २५ गतेकास्कीको पोखरा र दाङको तुलसीपुरमा, २६ गते कैलालको धनगढीमा र २७ गते डडेल्धुरामा सभा हुँने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।