कृषि विकास बैंकबाट अमेरिकी डलर प्रिपेड कार्ड सेवा सुरु

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले पनि आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सेवाको पहुँच पुर्याउन, बजारको माग तथा ग्राहकको आवश्यकता अनुसार विभिन्न आधुनिक वस्तु तथा सेवाहरु उपलव्ध गराउँदै आईरहेको छ । हाल आधुनिक प्रविधिको विकाससंगै बैंकिङ्ग क्षेत्रमा पनि विभिन्न किसिमका वस्तु तथा सेवाको विस्तार भईरहेका छन् ।

वित्त बजारमा अन्य बैंक तथा वित्तीय संस्थाहरुसंग प्रतिस्पर्धा गर्न र ग्राहकहरुको आवश्यकता अनुसारको अत्याधुनिक बैंकिङ सेवाका विभिन्न प्रोडक्टहरु उपलव्ध गराउने शिलशिलामा बैंकले गत वैशाख १५ गतेदेखि विधिवत रुपमा अमेरिक डलर प्रिपेड डलर कार्ड सेवाको थालनी गरेको छ । योसंगै अब विदेशि मुद्रामा आम्दानीको श्रोत नभएका, तर नेपाल भित्रै बसि ई–कमर्शको माध्यमबाट अनलाइन सपिङ तथा बिल पेमेन्ट गर्नको लागि नेपाल राष्ट्र बैकले उपलव्ध गराएको सिमा भित्र रहि कारोवार गर्न सकिने छ ।