रोल्पाको माडीमा कांग्रेस, एमाले, माओवादी र समाजवादी गठबन्धन बीच झडप

रोल्पा। आज रोल्पामा नेपाली कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादी गठबन्धन बीच झडप भएको छ । माडी गाउँपालिका वडा नं.३ को चुनावी सभा सकेर फर्कने क्रममा दुई समूह बीच झडप भएको हो । झडपमा परि माडी गाउँपालिका वडा नं. ३ का कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार मीनवहादुर डाँगी घाइते भएका छन ।

उम्मेदवार डाँगीको टाउकामा चोट लागेकाले थप उपचारका लागी नेपालगञ्ज पठाइएको छ भने माओवादी–एकीकृतसमाजवादी गठबन्धनले आफूहरुलाई कांग्रेस–एमाले गठबन्धनवाट आक्रमण भएकोले प्रतिवाद गरेको बताएको छ ।पहिले उनीहरुले हामी माथि आक्रमण गरेपछि घटना घटेको नेकपा एकीकृत समाजवादी रोल्पाका अध्यक्ष हरिप्रसाद घर्तीमगरले बताउका छन् । एकीकृत समाजवादी तर्फका ५ जना घाईते भएका छन् । प्रहरीले भने घटना सामान्य भएकोजनाएको छ । दुई पक्षबीच सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।