इन्डियन प्रिमियर लिगमा मुम्बईमाथि कोलकत्ताको जित

काठमाडौं ।इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले जित निकालेको छ ।सोमबार राति भएको खेलमा कोलकत्ताले मुम्बई इण्डियन्सलाई ५२ रनले हराएको हो । कोलकत्ताले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७ ओभर ३ बलमा अलआउट हुँदै १ सय १३ रन बनाएको थियो ।

मुम्बईका इशान किशनले ५१ रनको अर्धशतकीय इनिङ खेले । टिम डाभिडले १३ तथा रमनदिप सिंहले १२ रन बनाएका थिए।केइरन पोलार्डले १५ रन जोडेका थिए भने कोलकत्ताका प्याट कमिन्सले ३ तथा आन्द्रे रसेलले २ विकेट लिएका थिए ।यस अघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभर ९ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो ।

कोलकत्ताका लागि नितिश राना र भेन्काटेस एयरले समान ४३ –४३ रन जोडे । अजिन्का रहानेले २५ तथा रिन्कु सिंहले अविजित २३ रन बनाए ।मुम्बईका जस्प्रित बुम्राहले ५ तथा कुमार कार्तिकेयाले २ विकेट लिए ।जितसँगै कोलकत्ताले १२ खेल १० अंक जोडेको छ ।कोलकत्ता सातौं स्थान रहेको छ ।मुम्बई ११ खेलमा ४ अंक जोडेर पुछारमा रहेको छ ।