हुम्लाको अदानचुली मतदान केन्द्रमा ढुंगा हानाहान, २ जना घाइते

हुम्ला । हुम्लाको अदानचुली मतदान केन्द्रमा ढुंगा हानाहान भएको छ । सो क्रममा उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको छ ।

श्रीमतीको नाममा एक व्यक्तिले भोट हाल्न पाउनु पर्ने अडान लिएपछि अदानचुली गाउँपालिका-४ मा रहेको मतदान केन्द्रमा विवाद भएको थियो । ढुंगा हानाहान हुँदा दुई जना घाइते भएको स्थानीय नन्दराज शर्माले जानकारी दिए ।