रुपन्देही। रुपन्देहीको देवदह नगरपालिकामा गए रातिदेखि मतगणना सुरु भएको छ । देवदह नगरपालिकाको वडा न । १ मा २०० मत गणना सकिँदा नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।
![](https://aksanchar.com/wp-content/uploads/2024/03/surkhet-daigonestic.gif)
देवदहमा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवारको ६८ र नेकपा एमालेका मेयर पदका उम्मेदवारले ५६ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा एमालेले ५८ मत ल्याएको छ भने माओवादी केन्द्रले ५० मत ल्याएको छ । वडाअध्यक्षमा काँग्रेसले ७२ मत ल्याएको छ भने एमालेले ४१ मत प्राप्त गरेको छ ।
ए.के. सञ्चार । ३१ बैशाख २०७९, शनिबार ०७:३३