जुम्लाका ३ वडामा माओवादी, ४ वडामा कांग्रेस उम्मेदवार विजयी

जुम्ला । जुम्लाका ८ स्थानीय तहमा ६० वडा रहेका छन् । अहिलेसम्म भएको मतगणना अनुसार जुम्लामा नेपाली कांग्रेसले ४ वडामा जित हासिल गरेको छ ।यस्तै नेकपा एमालेका उम्मेदवार ३ वडामा विजयी भएका छन् । तातोपानी गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट कर्णबहादुर कठायत विजयी भएका छन् । उनी ३४२ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका छन् ।

वडाध्यक्षका प्रत्याशी माओवादी केन्द्रका लोकबहादुर कठायतले २३९ मत गरेका थिए ।यस्तै हिमा गाउँपालिका–१ मा वडाध्यक्षका उम्मेदवार कांग्रेसका रतनबहादुर शाही विजयी भएका छन् । सिंजा गाउँपालिका–१ मा कांग्रेसका हरिनन्द आचार्य विजयी भएका छन् ।

चन्दननाथ नगरपालिका–१ मा कांग्रेसका तिलकप्रसाद न्यौपाने ३०४ मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत ज्वाहरप्रसाद सिंहले बताए । वडाध्यक्षका प्रत्याशी माओवादीका राजबहादुर भक्तले २४५ मत प्राप्त गरेका छन् ।

तिला गाउँपालिका–१ मा माओवादीका जगतबहादुर बस्नेतको प्यानल विजयी भएको छ । उनले ३४६ मत प्राप्त गरेका छन् । कनकासुन्दरी गाउँपालिका–१ मा माओवादीका भीम भण्डारी ३४६ मत प्राप्त गर्दै विजयी भएका छन् । त्यस्तै पातारासी गाउँपालिका–१ मा वडाध्यक्षका उम्मेदवार माओवादीका लालसिंह ऐडी विजयी भएका छन् ।