अछाम । अछामको ढकारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा प्रकाशबहादुर साउँद र उपाध्यक्षमा नेत्रकलादेवी शाही विजयी भएका हुन्।
![](https://aksanchar.com/wp-content/uploads/2024/03/surkhet-daigonestic.gif)
साउँदले ३ हजार १ सय ८१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धर्मबहादुर शाहीले २ हजार ५ सय ५५ मत पाए।उपाध्यक्षमा कांग्रेसकै शाहीले ३ हजार १ सय मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका मायादेवी बुढाले २ हजार ५ सय ७३ मत पाइन् ।
ए.के. सञ्चार । २ जेष्ठ २०७९, सोमबार ०६:३३