छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु –कर्णालीका कान्छा मेयर भाम

सुर्खेत । छायाँनाथ रारा नगरपालिकाको मेयरमा निर्वाचित ३२ वर्षीय विष्णु कुमार भाम कर्णालीकै कान्छा मेयर पनि हुन् । उनी यसअघि नेपाली कांग्रेस मुगुका पूर्व नगर सभापति हुँदै वडा अध्यक्ष भइसकेका छन् । यसपटक उनी कर्णालीकै सबैभन्दा कान्छा मेयर बनेका छन् ।उनी ०७४ सालको स्थानीय तह निर्वाचनमा छायानाथ रारा नगरपालिका–४ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

उनले ०६८ सालबाट राजनीतिक यात्रा सुरू गरेका थिए । वडा अध्यक्षमा निर्वाचित भएपछि उनले राज्यबाट प्रदान हुने तलबभत्ता र विभिन्न संघ संस्था बाट प्राप्त हुने भत्ता सामाजिक क्षेत्रमा लगानी गर्ने घोषाणा गरेका थिए । उनले कल्से कोषको स्थापना पनि गरेका थिए ।मेयर भामले नगरपालिकाका गरिब, दलित, विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्रीसहित आवश्यकताअनुसार सहयोग गर्दै आएका छन् ।

कान्छा मेयर भामले आफू विनायोजना र भिजन मेयरमा नआएको बताएका छन् ।कान्छा मेयर भामले आफू विनायोजना र भिजन मेयरमा नआएको बताएका छन् । यो गाउँपालिकालाई देशकै नमुना पालिका बनाउँने र विदेसिएका युवालाई फिर्ता बोलाएर स्वरोजगार कार्यक्रम चलाउँने उनको भनाई छ ।

यस्ता छन् मेयर भामका ऐजेण्डा
१ भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्न
२ ग्रामीण बस्तीहरूको उचित व्यवस्थापन तथा नमुना बस्ती विकास
३ सुधारिएको खानेपानी सरसफाई, खानेपानी तथा सिंचाई
४ सडक तथा यातायत सुविधा
५ गुणस्तरीय शिक्षा तथा नमुना विद्यालय विकास
६ गुणस्तरीय स्वास्थ्य सेवा
७ कृषि पशुपालन तथा लघु उद्यम
८ युवा तथा खेलकुद
९ लक्षित वर्षको उत्थान तथा सशक्तिकरण