सल्यानको बागचौर नगरपालिकाको मेयरमा कांग्रेसका गौतम निर्वाचित

सल्यान ।नेपाली कांग्रेसका जनकराज गौतम सल्यानको बागचौर नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । उनले निकटतम प्रत्यासी नेकपा माओवादी केन्द्रका कृति बहादुर पुनलाई पराजित गरेका हुन ।

त्यस्तै उपमेयरमा माओवादी केन्द्रकी सुम्निमा डिसी विजयी भएकी छन् । १२ वटा वडा रहेको बागचौरमा कांग्रेसले ६, माओवादी केन्द्रले ३, एमालेले २ र एकीकृत समाजवादीले एउटा वडामा जित हाँसिल गरका छन् ।