आज पनि प्रतिनिधि सभाको बैठक बस्दै, बजेटमाथिको सैद्धान्तिक छलफल जारी

काठमाडौं । आज पनि प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९–०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहनेछ ।

मंगलबारबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ । सांसदहरुले बजेटमाथि आ–आफ्नो धारणा राखिरहेका छन् ।