वीरेन्द्रनगरमा एक हप्ता नि:शुल्क जुम्बा क्लास सञ्चालन

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक हप्ता नि:शुल्क जुम्बा क्लास सञ्चालन गरिएको छ । बुधबार इनर हुइल क्लबले एक हप्ता फ्रि जुम्बा क्लास सञ्चालन गरेको हो ।

मानिसको शरीरलाई फिटनेस राख्नको लागि आजकाल विभिन्न तरिकाहरु अपनाइने गरिन्छ । त्यस्तै पछिल्लो समय अलि रमाइलो र शरीरलाई फिटनेस राख्नका लागि जुम्बा डान्स फिटनेस पनि एक मानिने भएकाले जुम्बा गर्नु पर्ने महिला विकास तथा बालबालिका शाखा प्रमुख अनिता ज्ञावलीले बताईन् ।

यस्तै सुर्खेतमा रहेका जुम्बा क्लासमा युवाहरुको क्रेज बढ्दै गइरहेको अध्यक्ष सिया कार्की प्रधानले बताईन् । उक्त क्लासको प्रशिक्षक केशब थापा र रित गरेका छन् ।

यस्तै आफूलाई स्वस्थ्य र फिटनेस राख्नको लागि जिम, मार्सलाआर्ट, मनिङवाक, साउना, बाथ स्टिमलगायत अन्य धेरै खेलकुदसंगै पछिल्लो समय युवाहरूको महत्त्व बढ्दै गएको छ ।