आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्यो

काठमाडौं । सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

आजका लागि छापावाल सुनको मूल्य ९७ हजार ६०० रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार १०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा १ हजार २५० बाट बढेर १ हजार २६५ रुपैयाँ पुगेको छ ।