कांग्रेसको केन्द्रीय कार्यसमितिको बस्दै,यस्ता छन्, मुख्य एजेण्डा

सुर्खेत । आज पनि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बस्दै छ। पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक सुरु हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

स्थानीय तह निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक घटना लगायत विविध विषयमा छलपलका लागि भनेर असार २७ गते बोलाइएको केन्द्रीय समिति बैठक जारी छ। आजको बैठकमा पार्टीका पदाधिकारी र शीर्ष नेताहरुले धारणा राख्नेछन्। यस्तै, आजसम्म बैठकमा भएका निर्णयहरु सार्वजनिक गर्ने तयारी भइरहेको जनाइएको छ।