दुई देशको सम्बन्धलाई अझ बलियो र सुदृढ बनाउने उद्देश्य छ –अध्यक्ष प्रचण्ड

सुर्खेत । नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि भ्रमण गरेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । आज नयाँ दिल्लीमा रहेको नेपाली दूतावासको कार्यालयमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा आफू भारत भ्रमणमा आएको बताएका छन् । करिव तीन महिना पहिले नै कार्यक्रम तय भइसकेकोले यो आकस्मिक भ्रमण नभएको उनले दोहोर्‍याएका छन् ।

    

अध्यक्ष प्रचण्डले आफ्नो भारत भ्रमण सद्भावना भ्रमण रहेको उल्लेख गर्दै नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउनमा आफ्नो प्रयास हुने स्पष्ट पारेका छन् । अहिलेको यो भ्रमण भारतीय जनता पार्टीका प्रमुख प्रेसिडेन्टको निमन्त्रणामा भएको उनले जानकारी दिएका छन् । अध्यक्ष प्रचण्डले दुई देशको सम्बन्धलाई अझ बलियो र सुदृढ बनाउने उद्देश्य रहेको र यो सद्भावना भ्रमण भएका छन् । उनले कुनै एउटा विषयमा केन्द्रित गरेर गरिएको भ्रमण नभए बताएका छन् ।