गुराँस गाउँपालिकाले हटाएका करार कर्मचारीलाई निरन्तता दिन आग्रह (विज्ञप्ती सहित)

सुर्खेत। दैलेखको गुराँस गाउँपालिकाले हटाएका करार कर्मचारीलाई निरन्तता दिन चार राजनीतिक दलले आग्रह गरेका छन् । आज एक विज्ञप्ती जारी गर्दै दलले पालिकाले हटाईएका करार कर्मचारीहरूको सेवालाई निरन्तता दिन आग्रह गरेका हुन ।

   

उक्त चार राजनीतिक दलले दलले जिल्लास्थित सबै स्थानीय तहहरुमा कार्यरत करार कर्मचारीहरुका विषयमा अत्यन्तै संवेदनशिल भएको भन्दै करार सेवामा कार्यरत कर्मचारीहरुलाई तत्काल हटाउँदा आम नागरिकहरु सेवा सुविधाबाट प्रभावित हुने र अर्को वैकल्पिक व्यवस्था नभए सम्मका लागि करार सेवाका कर्मचारीलाई यथावत राख्न समेत आग्रह गरेका छन् ।

  

त्यस्तै असार ३१ गतेका दिन गुराँस गाउँपालिकाले करार सेवामा कार्यरत कर्मचारीहरुको विषयमा भएको घटनाले गम्भिर ध्यानाकर्षण भएको भन्दै उक्त घटनामा घाइते भएका सबै व्यक्तिहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै निःशुल्क स्वास्थ्य उपचारको नेपाल सरकारसँग माग गरेको छ ।