पुष्पलालबाट प्रेरणा लिएर नेपाली समाजलाई अगाडि बढाउने संकल्प गर्नुपर्ने–ओली

सुर्खेत।पुष्पलालको महान् शिक्षाबाट प्रेरणा लिएर नेपाली समाजलाई अगाडि बढाउने संकल्प गर्नुपर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्। नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले नेपाली समाजको परिवर्तन र रुपान्तरणका निम्ति पुर्‍याएको स्मरण र मूल्याङ्कन गर्दै समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यमा पुर्‍याउन संकल्प गर्नुपर्ने धारणा राखे।

पुष्पलालले नेपाली जनतामा चेतना जगाउने कार्य गरेको ओलीले उल्लेख गरे। राजनीतिक चेतना र अन्धविश्वास र भ्रमबाट नेपाली समाजलाई मुक्त पार्ने काम गरेको बताए। नेपालको इतिहासका सन्दर्भमा जानेका सत्य कुराहरु आफूले बताउने गरेको उल्लेख गर्दै उनले इतिहासलाई किम्बदन्तीबाट नेपालको वास्तविक इतिहास ल्याउनुपर्ने धारणा राखे।