देशको राजनीतिक मूलधार र नेतृत्व नै माओवादी केन्द्र नै बन्ने –प्रचण्ड

काठमाडौं । देशको राजनीतिक मूलधार र नेतृत्व नै माओवादी केन्द्र नै भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन्। आज पार्टी सम्पर्क समन्वय प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्ता पुगेकाहरू संघीयता र लोकतन्त्रविरोधी देशको मूलधार नरहेको बताएका हुन्।

आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको बिषयमा हिजो प्रधानमन्त्रीसँग कुराकानी भएको बताउँदै मंसिर ४ गते हुने उनले बताएका छन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै कम्युनिष्ट आन्दोलनभित्र धुसेका दलालहरूले तत्कालीन नेकपा विभाजन भएको आरोप लगाए। आफूहरुले नै बनाएको सरकार र पार्टीले नै संविधान विरोधी गतिविधि गरेपछि बाध्य भएर विद्रोह गरेको बताए। स्थानीय तहको निर्वाचन सकिएपछि सबैभन्दा धेरै खुसी माओवादी केन्द्र नै भएको बताए।