आज पनि माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

सुर्खेत ।आज पनि नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै छ। आइतबारदेखि काठमाडौंमा शुरू भएको बैठक आज पनि बस्दै छ। बैठक तीन दिन चल्ने बताइएको थियो तर नेताहरुले ५ दिनसम्म लगाएर भएपनि पार्टी पदाधिकारी टुंग्याउनु पर्ने भन्दै दबाब बढाइरहेका छन्।आइतबारको बैठकले ३७३ केन्द्रीय सदस्यको टुंगो लगाएको छ। जसमा प्रचण्ड अध्यक्ष र अन्य ३७२ जना केन्द्रीय समिति सदस्य रहेका छन्।

माओवादीले भने पदाधिकारीको भने अझै टुंगो लगाएको छैन्। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि ९ वटा एजेण्डा प्रस्तुत गरेका छन्। अध्यक्षले एजेण्डा प्रस्तुत गरेपछि प्रदेश इन्चार्ज तथा अध्यक्षहरूले रिपोर्टिङ गरेका छन्।