यमबुद्धको शालिक बनाउने महानगरपालिकाको निर्णय स्वागतयोग्य छ –विष्णु पौडेल

सुर्खेत । र्‍याप गायक यमबुद्धको शालिक बनाउने काठमाण्डौ महानगरपालिकाको निर्णय स्वागतयोग्य रहेको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको भनाई छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उनले महानगरपालिकाले यमबुद्धको शालिक बनाउने निर्णय स्वागतयोग्य रहेको बताएका हुन ।

  

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिपहप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाण्डौ महानगरपालिकाको निर्णय स्वागतयोग्य छ ।’

महानगरपालिकाले यमबुद्धको शालिक बनाउन बजेट छुट्याएको समाचार सार्वजनिक भए लगत्तै आलोचना भएको थियो । आलोचना पछि मेयर बालेन्द्र शाहले आफ्नै तलबबाट शालिक बनाउने घोषणा गर्नुभएको थियो ।