साफ यू–२० च्याम्पियनसिप फुटबलबाट नेपाल बाहिरियो

सुर्खेत। भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलबाट नेपाल बाहिरिएको छ ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार साविक विजेता भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले हराएसँगै नेपाल बाहिरिएको हो ।भारतको जितमा गुर्किरात सिंहले निर्णायक गोल गरेका थिए । उनले खेलको ९० औं मिनेटमा गोल गरेका थिए ।

यस्तै खेलको इन्जुरी समयमा भारतका पार्थिव सुन्दर गोगोईले रातो कार्ड पाएका थिए । थ्रो गर्न ढिलाई गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले उनलाई पहेलो कार्ड दिएका थिए ।यस जितसँगै भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भारत दोस्रो स्थानमा रहदै फाइनल पुगेको छ ।भारतले ४ खेलमा ९ अंक जोड्यो ।अब भारतले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

बंगलादेश शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । बंगलादेशले ४ खेलमा १० अंक जोड्यो ।नेपाल ४ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।नेपालले मंगलबार जित्ने पर्ने खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो ।